६ वैशाख, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भोली बिजुलीबजार निषेध गरेको क्षेत्रमा तोड्ने घोषणा गरेसंगै गृहमन्त्रालयले निषेधित क्षेत्र तोडेको खण्डमा कडा कारवाही गर्ने चेतावनी दिएको छ ।
गृहमन्त्रालयले एक बिज्ञप्ति जारी गर्दै कान्न र संविधान उंलघन गर्ने कुनैपनि कार्य सह्य नहुने र यस्तो गरको खण्डमा कानुन बमाजिम कडा कारवाही हुने गृहमन्त्रालयले जनाएको छ । साथै समाजमा हिंसा फैलाउने कुनैपनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालय अनुरोध गरेका छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले निषेधित क्षेत्र तोड्दै काठमाडौंको बिजुलीबजारमा आइतबार प्रदर्शन गर्ने तयारी गरेको छ।
बिज्ञप्ति :
