समाचार

एकै दिन एकै ठाउँमा दुई प्रदर्शन- शिक्षक महासंघले तालिका फेर्‍यो

६ बैशाख, काठमाडौँ । नेपाल शिक्षक महासंघले आइतबारको आन्दोलन प्रदर्शनको समय परिवर्तन गरेको छ। अब उक्त प्रदर्शन बिहान ९ बजेदेखि १२ बजेसम्म हुनेछ।

यसअघि दिउँसो १२ बजेदेखि ३ बजेसम्म माइतीघर–बानेश्वर सडकखण्डमा प्रदर्शन गर्ने भनिएको थियो। तर, सोही स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले पनि प्रदर्शन गर्ने भएपछि सम्भावित भिडन्त रोक्न महासंघले समय सार्ने निर्णय गरेको हो।