आर्थिक

नौ महिनामा सिद्धार्थ बैङ्कको नाफा १ अर्ब ६६ करोड, चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख 

७ वैशाख, काठमाडौँ।  सिद्धार्थ बैङ्क लिमिटेडले चैत मसान्तसम्म १ अर्ब ६६ करोड भन्दा बढी नाफा कमाएको छ। उसले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै यस्तो बताएको हो। 

गत वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण १ अर्ब ६८ करोड नाफा भए पनि चालू आवमा नाफा सामान्य घटेको छ । गत वर्ष बैङ्कको खुद ब्याज आम्दानी ६ अर्ब रुपैयाँ रहेकोमा चालू आवमा बढेर ६ अर्ब ३३ करोड नाघेको बताइएको हो । सञ्चालन नाफा पनि गत वर्षको तुलनामा एक अर्बले बढेर र चालू आवमा सवा ८ अर्ब नाघेको छ।

चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख रहेको छ भने जगेडा कोषमा १८ करोड र रिजर्भ कोषमा १४ अर्ब ९५ करोड रहेको बैङ्कले जनाएको छ।  निष्क्रिय कर्जा ४.०४ प्रतिशत, प्रतिशेयर आम्दानी (ईपीएस) १५ रुपैयाँ ८९ पैसा, प्रतिशेयर नेटवर्थ २०७ रुपैयाँ ४८ पैसा र वितरणयोग्य नाफा पौने १९ करोड रहेको हो।

चालू आवमा बैङ्कको सञ्चालन नाफा २.४० प्रतिशतले घटेर २ अर्ब ३८ करोडमा झरेको छ भने इम्पेयरमेन्ट चार्ज १ अर्ब ७० करोडबाट बढेर २ अर्ब २१ करोड नाघेको छ। यस कारण सञ्चालन नाफा र इम्पेयमेन्ट चार्ज बढेकाले खुद नाफामा दबाब बढेको बैङ्कले बताएको छ।