शिक्षा

शैक्षिक आम हड्ताल समर्थनमा देशभरका सबै निजी विद्यालय बन्द गर्न महासंघको आह्वान

७ बैशाख, काठमाडौँ । शिक्षक महासंघले शैक्षिक हड्तालको समर्थनमा निजी विद्यालयलाई बन्द गर्न आह्वान गरेको छ।

महासंघले एक विज्ञप्ति जारी गर्दै शैक्षिक आम हड्तालको अभियानलाई सफल बनाउन संस्थागत विद्यालयहरु पनि बन्द गर्न आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ” शिक्षक–कर्मचारीलाई हड्तालको सफलताको लागि काठमाडौं आउन र विद्यालय बन्द गर्न आग्रह गरिएको छ।” यस अभियानले देशभरका सबै विद्यालयलाई असर पार्ने अपेक्षा गरिएको छ।

महासंघले देशभरका सबै विद्यालय बन्द गरी हड्तालको समर्थनमा काठमाडौं आउन सबै शिक्षक–कर्मचारीलाई आग्रह गरेको छ ।

विज्ञप्ति :