समाचार

राप्रपा आन्दोलन : लिङ्देनसहितका राप्रपा नेताहरूलाई सिंहदरबारमै रोक्ने प्रहरीको प्रयास विफल

७ बैशाख, काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई प्रहरीले आइतबार सिंहदरबारभित्र केही समय रोक्ने प्रयास गरेको छ।

बबरमहलमा आयोजना गरिएको आन्दोलनमा सहभागी हुन उनीहरू संसदीय दलको कार्यलयबाट निस्कन लाग्दा प्रहरीको अस्वभाविक उपस्थिति देखिएको थियो।

यद्यपि, केही समयपछि उनीहरू बिजुलीबजारतर्फ निस्कन सफल भए।