समाचार

प्रदर्शन अघि नै अध्यक्ष लिङ्देन सहितका नेताहरू पक्राउ परेपछि रिहा माग्दै माइतीघरमा चर्कियो आन्दोलन

७ वैशाख, काठमाडौं ।  राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र प्रमुख सचेतक ज्ञानबहादुर शाही र बरिष्ष्ठ उपाध्यक्ष बुद्दिमान तामाङलाई सिंहदरबार परिसरबाट प्रहरीले नियन्त्रणमा लिएपछि माइतीघरमा समर्थकहरूले प्रदर्शन चर्काएका छन्।

उनीहरूलाई काठमाडौं प्रहरी परिसरमा राखिएको छ। प्रदर्शनमा सहभागी हुन नपाएका नेताहरूको रिहाका लागि प्रदर्शनकारीहरूले ‘हाम्रा नेता रिहा गर’, ‘हिन्दु राज्य कायम गर’ भन्ने नारा लगाउँदै सडकमा उत्रिएका छन्।