७ वैशाख, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको आन्दोलनका कारण देशकै प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको सुरक्षामा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ। सम्भावित घटनालाई मध्यनजर गर्दै सिंहदरबारको वरिपरि कडाइ गरिएको हो।
सिंहदरबारको सुरक्षामा दंगा प्रहरी व्यापक रूपमा परिचालन गरिएको छ। आज राप्रपा अध्यक्षसहितका नेताहरूले सिंहदरबार भित्रै प्रदर्शन गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो।
सिंहदरबारको वरिपरि जोडिएका सबै सडकमा सवारी साधन चलाउन निषेध गरिएको छ भने दक्षिण गेट, हनुमानथान, अनामनगर, वैद्यखाना, न्यूप्लाजा, सिंहदरबार पश्चिम गेट र स्वास्थ्य मन्त्रालयतर्फका सडकमा ब्यारिकेड राखेर सडक बन्द गरिएको छ।