७ वैशाख, काठमाडौँ । भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका छन्। श्रीमती निकिता पौडेल मार्फत उनले निवेदन दर्ता गराएका हुन्।
निवेदनमा आफूलाई गैरकानुनी थुनामा राखेको दाबी थुना मुक्त गर्न भनिएको छ। उक्त निवेदनको प्रारम्भिक सुनुवाइका भोली सोमबार पेसी तोकिएको बताइएको छ।
यसअघि पनि आफूलाई थुनामा पठाउने उच्च अदालत बुटवलको आदेशविरुद्ध उनले श्रीमती पौडेल मार्फत नै सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए। उक्त निवेदनमा सर्वोच्चले प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालत र जिल्ला अदालतबाट कागजात झिकाउने आदेश गरेको थियो।