समाचार

शिक्षकको माग पुरा गरेर लाखौँ विद्यार्थीको पठनपाठन सुचारु हुने वातावरण बनाउन अभिभावक सङ्घको माग 

७ वैशाख, काठमाडौँ । अभिभावक सङ्घ नेपालले शिक्षकका मागहरूलाई सम्बोधन गरेर अवरुद्ध भएको पठनपाठन सुचारु हुने वातावरण बनाइदिन सरकारसँग माग गरेको छ। 

आज एक विज्ञप्ति जारी गर्दै सामुदायिक विद्यालयका  ५५ लाख विद्यार्थीहरूको पढ्न पाउने अधिकार हनन भएको भन्दै सङ्घको ध्यानाकर्षण भएको जनाएको हो। 

सङ्घले कक्षा १२ को परीक्षा हुने वातावरण बनाउन अभिभावक र विद्यार्थीहरूको तर्फबाट जोडदार माग गरेको छ। 

सङ्घले शिक्षकहरूको जायज माग पुरा गर्न किन्तु परन्तु हुन नसक्ने भन्दै शिक्षक खुसी भए मात्रै कक्षाकोठा रमाउने बताएको छ। विज्ञप्तिमा ‘विद्यार्थीले लेख्न र पढ्न पाउने अधिकारलाई सबै क्षेत्रले सम्मान गर्नु पर्ने’ भन्दै यस तर्फ ध्यान दिन मानव अधिकार आयोगलाई समेत आग्रह गरेको छ।