७ वैशाख, काठमाडौँ । ठगी कसुरमा जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ।ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भए पनि उनी आज आइतबार सप्तरीको राजविराजबाट पक्राउ परेका हुन्।
उनलाई ललितपुर ल्याउने तयारी प्रहरीले गरेको बुझिएको छ। उनी विरुद्ध ललितपुरमा ठगी तथा आपराधिक कसुरमा जाहेरी परेको बताइएको छ। सोही आधारमा उनलाई पक्राउ गरिएको हो।