७ वैशाख, काठमाडौँ । सिंहदरबार परिसरबाट पक्राउ परेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेता कार्यकर्तालाई प्रहरीले छोडेको छ।
उनीहरूलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी परिसर भद्रकालीमा राखेको थियो।
प्रहरीले अध्यक्ष लिङ्दनेसहित, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र राप्रपाको युवा मोर्चाका अध्यक्ष कैलाश कटवाललाई सिंहदरबारभित्रबाट नियन्त्रणमा लिएको थियो। उनीहरू सबैलाई भर्खरै छाडिएको बताइएको छ।