ब्रेकिङ न्युज

भ्रष्टाचारीको मुटुमा गएर ढ्याङ्ग्रो बजाउन सिंहदरबार भित्रै प्रदर्शन गरेका हौँः राप्रपा प्रवक्ता शाही

७ बैसाख, काठमाडौं । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले आज त कसैलाई बोल्न नपाउने गरेर निषेधित क्षेत्र बनाउँदै जनताको मुख थुन्ने र भ्रष्टहरू रमाउने भ्रष्टाचारीहरूको अखडा सिंहदरबार भित्रै उनीहरूकै मुटुमा गएर ढ्याङ्ग्रो बजाउनुपर्ने थियो। त्यसैले हामीले सिंहदरबार भित्रै प्रदर्शन गरेका हौँ भनेका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै यो त सुरुवात मात्रै हो।देशलाई कंगाल बनाउने यो भ्रष्टाचारीतन्त्रको अन्त्य नगरी देशमा सुशासन र समृद्धि हुन सक्दैन भन्ने उनको तर्क छ ।

उनले भनेका छन्ः

आज राप्रपाको शक्ति प्रदर्शन होइन हामीले शुभचिन्तक र राष्ट्रवादीहरूलाई आज आमन्त्रितसम्म गरेका थिएनौं। आज त कसैलाई बोल्न नपाउने गरेर निषेधित क्षेत्र बनाउँदै जनताको मुख थुन्ने र भ्रष्टहरू रमाउने भ्रष्टाचारीहरूको अखडा सिंहदरबार भित्रै उनीहरूकै मुटुमा गएर ढ्याङ्ग्रो बजाउनुपर्ने थियो। त्यसैले हामीले सिंहदरबार भित्रै प्रदर्शन गरेका हौँ।
यो त सुरुवात मात्रै हो। देशलाई कंगाल बनाउने यो भ्रष्टाचारीतन्त्रको अन्त्य नगरी देशमा सुशासन र समृद्धि हुन सक्दैन। अवस्था सुधार्नका लागि व्यवस्था सुधारन आवश्यक छ। नीति र नियम जनमुखी भएनन् भने व्यक्तिले मात्रै समाज परिवर्तन गर्न सक्दैन ।