सामाजिक सञ्जाल

हर्क साम्पाङले माओबादीलाई भनेः श्रम र श्रमिकलाई अपमान गर्ने अभिव्यक्ति दिने माओबादी सामन्त र दलाल, पूँजीपतिहरुको पार्टी बनिसक्यो

८ बैसाख, काठमाडौं । धरान उपमहानगरपालीकाका मेयर हर्क साम्पाङले आफूलाई प्रधानन्त्रीमा पुष्पकमल दहाल हुँदा बजेट नदिएको भन्दै दु:ख पोखेका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री हुँदा सम्पूर्ण बजेटहरु चितवनमा आफ्नी छोरी रेनु दहालको महानगरमा लगेको भन्दै धरानमा बिमानस्थल बनाउने भन्दा पनि बिराटनगरमा भएका कारण धरानमा आवश्यक नपर्ने बतछाएको सामाजिक सञ्जाला उल्लेख गरेका छन् ।
उनले श्रम र श्रमिकलाई अपमान गर्ने र्अभिव्यक्ति दिने तपाईंहरुको पार्टी सामन्त र दलाल, पूँजीपतिहरुको पार्टी बनिसक्यो भन्ने दाबी पनि गरेका छन् ।

मेयर साम्पाङले भनेका छन्,

‘रेनु दहालले मलाई ठुला योजना गर्नु पर्थौ भनेर भनेछ ! रेनुजी तपाइँको बाऊ प्रधानमन्त्री हुँदा सप्तकोशीको पानी ल्याउन पैसा मागेको २० लाख मात्रै छुट्याइदियो त मैले के गर्ने ? बाऊ ठिक रैन छ पार्टी ठिक रैछ छ त ! एयरपोर्ट मागेको तपाइँकै पार्टीको सुदन किराती मन्त्री थिए र तपाइँकै बाऊ प्रधानमन्त्री थिए, बिराटनगरमा छँदैछ किन चाहियो धरानमा भने ! अहिलेका पार्टी ठिक्छैन रैछ कुनै पनि विभेद गर्छ ! तपाइँको बाऊले नि प्रम हुँदा बजेट जति सबै तपाईंकै पालिकामा मात्रै खनाइदिएर विभेद गरे ! अब ८४ मा म आफै आएर गर्नु पर्ला त्यो ठाउँमा भन्दैछु ! बालेन जीको कुरा नगर्नु वहाँको बजेट २६ अर्ब माथिछ ! पैसा २० प्रतिशत पनि खर्च गर्न सक्दैन त्यो महानगरले ! बिना पैसा पनि बिकास कसरी गर्न सकिन्छ ! जनताको शक्तिलाई ढुङ्गा हान्न, भएको संरचना भत्काउन र मान्छे मार्नमा होइन देश निर्माणमा कसरी जोड्न सकिन्छ भन्ने कुरा सिक्न म कहाँ आउनु ! भिजन भनेको के हो त्यो म सिकाउँछु ! विदेशी ऋण बोकेर धेरै ठूलो गाडी हाँक्नु हुँदन ! स्वादेशी उत्पादनमा जोड दिनु पर्छ ! यो हो भिजन ! बिचरा तपाइँलाई के थाहा श्रम र श्रमिकलाई अपमान पर्ने अभिव्यक्ति दिने तपाईंहरुको पार्टी सामन्त र दलाल, पूँजीपतिहरुको पार्टी बनिसक्यो भन्ने ! बिचरा…’