शिक्षा

शिक्षक आन्दोलनमा घुसपैठ गरेको आरोपमा एक जना पक्राउ 

८ वैशाख, काठमाडौँ। आज २० औँ दिनमा चलिरहेको शिक्षक आन्दोलनमा घुसपैठ गरेको  भन्दै एक जनालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई शिक्षक आन्दोलनमा घुसपैठ गरेर आन्दोलनलाई भड्काउन खोजेको आरोपमा पक्राउ गरिएको हो। 

  प्रहरीले ‘नागरिक पहिलो अभियान’ का अभियन्ता सनोज महतलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। 

उनलाई शिक्षकहरूले कुटपिट गरेको पनि देख्न सकिन्छ। लगत्तै प्रहरीले नियन्त्रणमा लिएको थियो।

शिक्षक महासङ्घको नेतृत्वमा काठमाडौँको माइतीघर मण्डलादेखि बानेश्वर सडक खण्डमा आज  प्रदर्शन भइरहेको क्रममा उनले  शिक्षकहरू विरुद्ध  नै नाराबाजी गरेका थिए। 

शिक्षकहरू विरुद्ध लगातार नाराबाजी गरेपछि उनलाई शिक्षकहरूले  हातपात समेत गरेको छन्।  लगत्तै उक्त भिडलाई  प्रहरीले नियन्त्रणमा लिएको थियो।