शिक्षा

परीक्षा बोर्डले बोलाएको बैठक शिक्षकहरूद्वारा बहिष्कार, १२ को परीक्षामा थपियो अन्योल

८ वैशाख, काठमाडौँ। शिक्षक महासङ्घले  परीक्षा बोर्डले बोलाएको बैठक बहिस्कार गरेको छ।  कक्षा १२ को परीक्षालाई लिएर छलफलका लागी प्रध्यानाध्यापकहरुलाई बोलाएको भए पनि शिक्षकहरूले सामूहिकरूपमा नजाने निर्णय गरेका हुन्। 

प्रधानाध्यापकहरू परीक्षाको केद्राध्यक्ष रहने भएकाले बोर्डले छलफलको लागी बोलाएको थियो। कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखि सञ्चालन हुने तालिका छ तर , देशैभरका सामुदायिक विद्यालयका शिक्षकहरू चैत २० गते देखि सडक प्रदर्शनमा  रहेका छन् भने चैत २५ गतेदेखि शैक्षिक हड्ताल समेत घोषणा गरेका छन्। 

शिक्षकहरूले बोर्डको बैठक बहिस्कार गरेपछि लगभग १२ को परीक्षा सर्ने जस्तै देखिन्छ।  आजसम्म शिक्षकहरू सडक आन्दोलनमै भएकाले  परीक्षा तोकेकै समयमा हुनेमा शङ्का उत्पन्न भएको हो।