रोजगारी

रत्नराज्य स्कुलद्वारा करार सेवाका लागी शिक्षकको आवेदन खुल्ला 

८ वैशाख, काठमाडौँ। काठमाडौँको बानेस्वरमा रहेको रत्नराज्य माध्यमिक विद्यालयले करारको लागी शिक्षकको आवेदन खुल्ला गरेको छ। आज एक सूचना जारी गर्दै लेखा विषयको लागी एक जना शिक्षकको आवेदन खुल्ला गरेको हो। 

आवेदकको हकमा १८ वर्ष पुरा भई ४० वर्ष नकटेको हुनुपर्ने बताइएको छ।मावि तृतीय श्रेणीको वा सो सरहको तह हुनु पर्ने ,साथै सम्बन्धित विषयमा एमएड तथा सो सरह उत्तीण गरेको हुनु पर्ने सूचनामा भनिएको छ। 

आवेदकले हस्तलिखित निवेदन सहित नागरिकताको फोटोकपी साथै एसएलसी देखि उपल्लो श्रेणीको प्रमाण पत्र साथै अध्यापन अनुमति पत्रको प्रतिलिपि  पेस गर्न सूचनामा भनिएको छ। इच्छुक व्यक्तिहरूलाई रु एक हजार दस्तुर सहित सूचना प्रकाशित भएको १५ दिन भित्र निवेदन पेस गर्न  सूचनामा उल्लेख गरिएको छ। लिखित परीक्षामा पास भएकालाई अन्तरवार्तामा सहभागी गराइने छ।

अन्तरवार्तामा आउँदा सक्कली प्रमाणपत्र साथैमा लिएर आउन विद्यालयले आग्रह गरेको छ।