बाग्मती

नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित

८ वैशाख, काठमाडौँ । नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनले उमेश स्थापितको नेतृत्वमा १२७ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । राजधानीमा दुई दिनसम्म चलेको सम्मेलनले सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।

केन्द्रीय समितिको पहिलो बैठकले उपाध्यक्षसहित कोषाध्यक्षको जिम्मेवारी र कार्यविभाजन तय गर्नेछ । नेवाः पहिचानसहितको स्वायत्त राज्य स्थापनाको लागि अग्रगमणको बाटोमा लाग्ने उद्देश्यसहित गठन भएको यस मोर्चाको नेवाः राजनीतिक आन्दोलनमा छुट्टै पहिचान स्थापित भएको सम्मेलनमा नेवाः खलःको संस्थापक र निवर्तमान अध्यक्ष दिलिप महर्जनले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शनिबार सम्मेलनको उद्घाटन गरेका थिए ।