८ बैशाख, काठमाडौँ । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन्।
शिक्षकहरूको आन्दोलन चर्किएको बेला उनले राजीनामा दिएकी हुन्। सरकार र शिक्षक महासंघबीच पटक-पटक संवाद भए पनि समाधान ननिस्केपछि मन्त्री भट्टराईमाथि चाप बढेको थियो।