समाचार

तीनकुनेको हिंसात्मक घटनामा संलग्न थप एक जना पक्राउ

८ वैशाख, काठमाडौँ।  प्रहरीले तीनकुने घटनामा संलग्न थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाका  ४८ वर्षीय ओमप्रकाश लुइँटेल रहेको प्रहरीले जनाएको छ। 

उनलाई काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ। 

लुइँटेललाई तीनकुने घटनामा निजी तथा सार्वजनिक सम्पत्ति माथि तोडफोड तथा आगजनी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीको भनाइ छ। उक्त घटनामा दुई जनाको ज्यान गएको थियो भने दर्जनौँ घाइते भएका थिए।