समाचार

शिक्षामन्त्रीको राजीनामा पछि बालुवाटारमा मन्त्रिपरिषद् बैठक

८ बैशाख, काठमाडौँ ।  प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। शिक्षक आन्दोलनको चर्किंदो अवस्थाबीच शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा पछि आजको बैठक बसेको हो।

बैठकमा आन्दोलन सम्बोधनका उपायबारे छलफल हुने स्रोतले जानकारी दिएको छ । आन्दोलनकै दबाबमा सोमबार मन्त्री भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएकी थिइन्।

सरकार र शिक्षक महासंघबीच वार्ताका प्रयासहरू भए पनि समाधान न निस्किएपछि मन्त्रीमाथि चाप बढेको थियो।