८ बैशाख, काठमाडौँ । शिक्षक आन्दोलन चर्किँदै गएको बेला शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। स्वास्थ्य अवस्थालाई प्रमुख कारण देखाउँदै राजीनामा दिएको बताइए पनि मन्त्री निकट स्रोतहरूका अनुसार आन्दोलन र दबाबले पनि उनको निर्णयलाई प्रभाव पारेको छ।
भट्टराई माघ महिनामा बिरामी परेकी थिइन् तर उपचारपछि सुधार भएको थियो। तर पछिल्ला दिनमा उनले काम गर्न गाह्रो भइरहेको गुनासो गर्दै आएकी थिइन्।
शिक्षक महासंघसँग सरकारबीचको बारम्बार संवाद निष्कर्षमा नपुग्दा उनलाई थप चाप परेको बताइन्छ।