८ बैसाख, काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले शिक्षा मन्त्री भट्टराईले आफ्नै कम्जोरीका कारण राजीनामा दिएको बताएका छन् ।
पूर्वमन्त्रीसमेत रहेका एमाले नेता बस्नेतले पहिलेदेखी नै मन्त्री भट्टराईमा कमजोरीहरु देखिएको र समस्या समाधान गर्न नसकेका कारण राजीनामा दिनुपरेको बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा भनेका छन्ः
शिक्षामन्त्री विद्या भट्टराईले शिक्षक आन्दोलन नटुङ्गिएपछि राजीनामा दिनु भएको छ। आन्दोलन नटुंगिनु शिक्षक महासंघ सँग बार्ता गर्न नसक्नु र त्यसको असर स्वरूप मन्त्रीको राजीनामा आउनु स्वयं मन्त्री कै कमजोरीको संकेत हो ।
मन्त्री भएको बेला देखिनै उनको कार्य सम्पादनमा कमजोरी रहेको, कार्यशैलीप्रति जनगुनासो ब्यापक बढेकै थियो। अबको चुनौती भनेको शिक्षा क्षेत्रलाई स्थायित्व दिने, शिक्षकहरूको मागलाई सम्बोधन गर्ने र शिक्षा नीति सुधार गर्ने नेतृत्व छनोट गर्नु पर्दछ।
