ब्रेकिङ न्युज

मन्त्रिपरिषद्को निर्णयः प्रधानमन्त्री ओलीको नेतृत्वमा उच्चस्तरीय सुशासन आयोग गठन

८ वैशाख, काठमाडौँ । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा १५ सदस्यीय उच्चस्तरीय सुशासन आयोग गठन गरेको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आयोग गठन गर्ने निर्णय गरेको हो। आयोगमा अर्थ, गृह, संघीय मामिला, कानुन मन्त्रीसहित लोकसेवा, नीति तथा योजना आयोगका प्रतिनिधि सहभागी हुने स्रोतले जनाएको छ ।