८ बैशाख, काठमाडौँ । “अवस्था बदल्न, व्यवस्था बदलौं” भन्ने नाराका साथ राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वैशाख ९ गते देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा धर्ना, प्रदर्शन तथा सभा आयोजना गर्ने घोषणा गरेको छ।
राप्रपाले देशमा व्यापक जनदबाव सिर्जना गरी नवीन विकल्पको मार्ग खोल्न र समृद्धिका लागि बाध्य पार्नुपर्ने आवश्यकता औंल्याउँदै जनतालाई सडक आन्दोलनमा सहभागी हुन आह्वान गरेको हो।
पोस्टरमार्फत पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जनतालाई सो दिनको कार्यक्रम सफल बनाउन आह्वान गरेका छन्। पोस्टरमा “व्यापक जनदबाव सिर्जना गरौं, नवीन सम्भावनाका लागि बाध्य पारौं” भन्ने सन्देश दिइएको छ।
