ब्रेकिङ न्युज

दुर्गा प्रसाईँका दुई अस्पतालको रोक्का खाता फुकुवा गर्न सर्वोच्चको आदेश

८ बैशाख, काठमाडौँ । पछिल्लो समय फरार रहेका दुर्गा प्रसाईँका दुई अस्पतालको रोक्का खाता सर्वोच्च अदालतको आदेशमा फुकुवा गरिएको छ। तीनकुनेमा चैत १५ गते भएको राजावादी आन्दोलनपछि प्रसाईँ फरार भएका थिए ।

आन्दोलन हिंसात्मक बन्दा दुई जनाको मृत्यु, सरकारी तथा निजी सम्पत्तिमा आगजनी र तोडफोड भएको थियो।

ती घटनापछि प्रसाईँको व्यक्तिगत खातासँगै वि एण्ड सी मेडिकल कलेज र र्वाञ्चल क्यान्सर अस्पतालको खाता समेत रोक्का गरिएको थियो।