ब्रेकिङ न्युज

शिक्षक महासङ्घको आन्दोलन कै बिच कक्षा १२ को परीक्षा सञ्चालन गर्ने परीक्षा बोर्डको निर्णय 

९ वैशाख, काठमाडौँ । शिक्षक महासङ्घले गरेको आन्दोलन कै बिच वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा  सञ्चालन हुने भएको छ 

।  आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।

बैठक पछि बोर्डले  जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको हो। तर देशैभरका सामुदायिक विद्यालयमा आम शैक्षिक हड्ताल घोषणा गरेर शिक्षकहरू आन्दोलनमा आएका छन्।  

शिक्षक आन्दोलनका कारण परीक्षा स्थगित हुने हो कि भन्ने त्रास भइरहेको समयमा बोर्डले १२ को परीक्षा नरोक्ने निर्णय गरेको हो। हिजो मात्रै शिक्षामन्त्री विद्या भट्टराईले विभागीय मन्त्रीको पदबाट राजीनामा दिएकी थिइन् भने यता शिक्षक आन्दोलन पनि चर्कने सम्भावना भइरहेको अवस्थामा १२ को परीक्षा  हुने भएको हो।