रोजगारी

प्रभु इन्स्योरेन्सद्वारा कम्प्युटरकाे ज्ञान भएकाे देखी चार्टर अकाउन्ट सम्मका कर्मचारीहरुकाे माग 

९ वैशाख, काठमाडौँ । प्रभु इन्स्योरेन्सले आज एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको  छ।  सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिन भनिएको छ। इच्छुक र योग्य उम्मेदवारहरूले बायोडाटा, शैक्षिक प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र पासपोर्ट साइज फोटोसहित आवेदन दिन कम्पनीले अनुरोध गरेको छ। 

 चार्टर्ड एकाउन्टेन्ट र अफिसर/सिनियर अफिसर/ए.एम./डी.एम. पदका लागि कर्मचारी  माग गरेको हो । चार्टर्ड एकाउन्टेन्ट पदमा दुई जना कर्मचारी माग गरिएको छ र यसका लागि सीए पास गरेको र कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख छ। 

त्यस्तै अफिसर, सिनियर अफिसर, ए.एम. वा डी.एम. पदका लागि पनि स्नातक तह पास गरेको कर्मचारी माग गरिएको छ। बिमा बजार व्यवस्थापनमा अनुभव, कम्प्युटर र इन्टरनेटको ज्ञान, ग्राहकसँग सरल व्यवहार गर्न सक्ने लाई प्राथमिकता दिइने छ । 

त्यस्तै , बिमा क्षेत्रमा अनुभव भएकालाई प्राथमिकता दिइनेछ भने एनएफआरएस–१७ मा ज्ञान र नीति–नियमअनुसार कार्य गर्न सक्ने क्षमता चाहिने कम्पनीले उल्लेख गरेको छ।