९ वैशाख, काठमाडौँ । सहकारी ठगी अभियोगमा रुपन्देही जिल्ला कारागार चलान भएका रास्वपा सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज मङ्गलवार सुनुवाइ हुने भएको छ। आफूलाई गैर कानुनी थुनामा राखिएको दाबी गर्दै रिहा गरिनुपर्ने माग गर्दै लामिछानेले श्रीमती निकिता पौडेलमार्फत सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका थिए।
हिजो सोमबार न्यायाधीश हरि फुयाँलको इजलासमा पेशी तोकिएको भए पनि हेर्न नमिल्नेमा राखिएको निवेदन आज न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा निवेदन पहिलो नम्बरमा पेशी तोकिएको छ।
लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो भने उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते उक्त आदेश बदर गर्दै थुनामै पठाउने आदेश गरेको थियो।