९ वैशाख, काठमाडौँ। सहकारी ठगी अभियोगमा रुपन्देही जिल्ला कारागार चलान भएका रास्वपा सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन अब संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ
आफूलाई गैर कानुनी ढङ्गबाट कारागारमा राखिएको भन्दै रिहाको माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा माथि आज मङ्गलवार न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा प्रारम्भिक सुनुवाइ गर्दै संयुक्त इजलासमा पठाउने आदेश भएको हो।
अब अर्को पेसी संयुक्त इजलासमा तोकिनेछ। रविले आफूलाई रिहा गर्नु पर्ने भन्दै श्रीमती निकिता पौडेल मार्फत आइतबार बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए।