९ वैशाख, काठमाडौँ। नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले शिक्षामन्त्रीबाट राजीनामा दिएकी विद्या भट्टराईलाई इमानको साक्षी बस्ने महिला भएको बताएका छन्। उनले २०४६ सालको आन्दोलनदेखि भट्टराईलाई आफूले नजिकबाट चिनेको भन्दै उनलाई सरकारबाट निस्किन बाध्य पारेको बताएका हुन्।
आज नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। शिक्षक महासङ्घको नेतृत्वमा शिक्षक आन्दोलन चलिरहेको बेला शिक्षकको माग सम्बोधनमा सरकार उदासीन रहेको उनको आरोप छ।
उनले शिक्षकको माग पुरा गर्नु त कता हो कता शिक्षामन्त्रीलाई राजीनामा दिन बाध्य बनाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन्। महासचिव भुसालले आन्दोलनलाई बेवास्ता गर्दै प्रधानमन्त्री बाँसुरी बजाएर बसेको आरोप लगाए। उनले वैशाख ११ गते एमालेले गर्ने भनिएको शक्ति प्रदर्शनमा आफ्ना प्रसंसकहरुलाई भेला गराएर ‘आइ लाभ यु केपी भन्न लगाउने रे’ भन्दै खिसीटिउरी गरेका हुन्।