९ वैशाख, काठमाडौँ। प्रधानमन्त्री केपी सहरमा ओलीले शिक्षामन्त्री विद्या भट्टराईलाई आफूले मन्त्री बनेको र सिकाइ रहेको बताएका छन्। आज नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षामन्त्रीले स्वास्थ्यको कारण देखाई राजीनाम दिएको बताएका हुन्।
प्रधानमन्त्री ओलीले शिक्षामन्त्रीको राजीनामालाई लिएर आफू विरुद्ध योजना बनाएर हेडलाइन बनाएको भन्दै आपत्ति जनाए। उनले सबैले मिडियाले एकै ठाउँ बसेर सल्लाह गरेर, प्रस्ताव राखेर, पारित गरेर यही लेख्ने भनेर लेखे जस्तै सबै मिडियामा एकै हेडलाइन आएकोमा आक्रोश व्यक्त गरेका हुन्।
उनले टेलिफोन संवाद गरेर योजनाबद्ध तरिकाले आफू विरुद्ध लेखेको आरोप लगाएका हुन्।
प्रधानमन्त्री ओलीले शिक्षामन्त्रीलाई असहयोग नगरेको जिकिर गरे। आफूले शिक्षामन्त्री भट्टराईलाई सिकाइरहेको भन्दै बचाऊ गरेका हुन्।