शिक्षा

२४ घण्टामा चाबी लियर काठमाडौं आन्दोलनमा अनिवार्य सहभागी हुन कर्मचारी परिषद्ले दियो निर्देशन

९ वैशाख, काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद, राष्ट्रिय समिति काठमाडौँले नेपाल शिक्षक महासंघको दोस्रो चरणको आन्दोलनमा पूर्ण समर्थन जनाउँदै सम्पूर्ण विद्यालय कर्मचारीलाई सहभागी हुन आह्वान गरेको छ।

परिषदद्वारा जारी विज्ञप्तिमा, विद्यालय कर्मचारीलाई बिद्यार्थी भर्ना, नतिजा प्रकाश र कक्षा १२ को परीक्षामा समेत खटिएको हुँदा २४ घण्टामा चाबी लियर काठमाडौं जारी ऐतिहासिक आन्दोलनमा अनिवार्य रुपमा सहभागी हुनका लागी अनुरोध गरिएको छ।

परिषदका महासचिव रामनाथ योगी र अध्यक्ष गंगाराम तिवारीले हस्ताक्षर गरेको पत्रमा आन्दोलनको दीर्घकालीन प्रभाव सम्पूर्ण शिक्षा क्षेत्रमा पर्ने चेतावनी दिँदै, अधिकार स्थापना गर्न निरन्तर संघर्ष जारी राख्नुपर्नेमा जोड दिइएको छ।

बिज्ञप्तिमा लेखेको छ :

प्रस्तुत विषयका सम्बन्धमा नेपाल शिक्षक महासंघको दोस्रो चरणको आन्दोलन जारी भईरहेको समय सन्दर्भमा विद्यालय कर्मचारीलाई बिद्यार्थी भर्ना, नतिजा प्रकाश र कक्षा १२ को परीक्षामा समेत खटिएको खबर सुन्न आयको हुँदा जारी प्रेस विज्ञप्ति मार्फत सूचना प्राप्त भएको २४ घण्टामा चाबी लियरे काठमाडौं जारी ऐतिहासिक आन्दोलनमा अनिवार्य रुपमा सहभागी हुनका लागि निर्देशनात्मक अनुरोध छ। साथै शैक्षिक हडताल भै रहेको यस विषम परिस्थतिमा समग्र शिक्षा क्षेत्रको अग्रगामी परिवर्तनका लागि र कर्मचारीहरुको हक अधिकार स्थापित गर्ने परीवर्तनगामी महान यात्रा छुट्‌ने अधिकार कसैलाई छैन, यसको दूरगामी असर सम्पूर्ण शिक्षा क्षेत्रमा पर्ने कुरामा सचेत रहन सम्पूर्ण पक्षमा समेत सूचित गरिन्छ।