समाचार

भोलीबाट फेरियो शिक्षक आन्दोलनको समय

९ वैशाख, काठमाडौँ।  चैत २० गते देखि सडक सङ्घर्षमा रहेको शिक्षक महासङ्घले भोलीबाट आन्दोलनको समय परिवर्तन गरेको छ। यसअघि गर्दै आएको आन्दोलनको समयले परिवर्तन गरेर बिहान ११ बजे देखी २ बजे तोकेको हो। 

शिक्षाका महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुबेदीले फेसबुक मार्फत भोलीबाट हुने आन्दोलनको समय फेरिएको जानकारी दिएका हुन् । 

उनले लेखेका छन् , ‘सूचना: २०८२ वैशाख १० गतेबाट  आन्दोलनको समय बिहान ११:०० बजे देखि दिउसो  २:०० बजेसम्म हुने कुरा जानकारी गराइन्छ ।  

नेपाल शिक्षक महासङ्घ ।’

यसअघि बिहान ११ बजे देखि बेलुका ४ बजेसम्म आन्दोलनको समय निर्धारण गरिएको थियो भने ७ गते देखि आज ९ गतेसम्म ९ बजेदेखि १२ बजेसम्म आन्दोलन र प्रदर्शन गर्दै आएको महासङ्घले भोलीबाट समय परिवर्तन गरेको हो।