समाचार

राजावादी आन्दोलनको संयोजकमा पुनः सुवेदी तोकिए

९ वैशाख, काठमाडौँ।  नवराज सुवेदी पुनः राजसंस्था पुनर्स्थापनाका लागि गठित आन्दोलन परिचालन समितिका संयोजकमा तोकिएका छन् । नजरबन्दमा रहेका सुवेदीको घरबाट प्रहरी फर्किएपछि उनलाई संयोजकमा पुनः तोकिएको बताइएको हो। 

आन्दोलनका कमान्डर तोकिएका दुर्गा प्रसाईँको अगुवाइमा चैत १५ गते  भएको हिंसात्मक घटना पछि सुबेदीलाई प्रहरीले घरमै अघोषित नजरबन्दमा राखेको थियो। राप्रपाका केही नेता कार्यकर्तालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ भने फरार रहेका प्रसाईँलाई प्रहरीले भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल ल्याएर अनुसन्धान चलिरहेको छ। 

तीनकुने घटनामा २ जनाको ज्यान गएको थियो भने दर्जनौँ घाइते भएका थिए। प्रदर्शनकारीहरूले निजी तथा सरकारी सम्पत्ति लुटपाट,तोडफोड साथै आगजनी गरेका थिए।