राजनीति

शिक्षकका जायज माग पुरा गर्न सरकार गम्भीर हुनुपर्छ : बरिष्ठ नेता डा. कोइराला

९ वैशाख, काठमाडौं । कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले शिक्षामन्त्रीको राजीनामा र जारी शिक्षक आन्दोलनप्रति गहिरो चासो व्यक्त गरेका छन्।

घरमै आराम गरिरहेका कोइरालाले मङ्गलवार शिक्षक महासंघसँग संवाद गर्दै शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोकिने स्पष्ट संकेत पाएका थिए।

उनले शिक्षकका जायज मागप्रति सकारात्मक समर्थन दोहोर्‍याउँदै सरकारलाई समस्या समाधानमा गम्भीर बन्न आग्रह गरेका छन्।

शिक्षामन्त्रीको राजीनामापछि शिक्षा क्षेत्रमा थप अन्योल उत्पन्न भएको भन्दै उनले लाखौं विद्यार्थीको भविष्यप्रति चिन्ता पनि व्यक्त गरेका छन्।