समाचार

प्रधानमन्त्री ओलीको निर्देशनपछि कक्षा १२ को परीक्षा स्थगित

९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको निर्देशन पछि राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परीक्षा सारेको छ ।

परीक्षा बोर्ड अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेसँगको भेटपछि प्रधानमन्त्रीले तत्काल परीक्षा नगर्न भनेका थिए ।

यसअघि बोर्डले वैशाख ११ गतेदेखि परीक्षा लिने तयारी गरिरहेको थियो। अब बैठक बसेर नयाँ मिति तय गरिनेछ।