ब्रेकिङ न्युज

बैसाख २१ गतेका लागि सर्यो कक्षा १२ को परिक्षा, शिक्षकहरुसँग झुक्यो सरकार !

९ बैसाख, काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डले बैसाख ११ गतेदेखीको कक्षा १२ को परिक्षा बैसाख २१ गतेदेखी गर्ने भएको छ । शिक्षक माहासँघको २१ दिनदेखीको आन्दोलन नसकिएपछि बोर्ड परिक्षा सार्न बाध्य भएको हो ।

आज प्रधानमन्त्ती केपी शर्मा ओलीले शिक्षा सचिव दिपक काफ्ले र राष्ट्रिय परिक्षा बोर्डका महाश्रम शर्मालाई परिक्षा सार्न अनुरोध गरेका थिए ।

शिक्षक महासँघको आन्दोलनका कारण शिक्षामन्त्री बिद्या भट्टराईले पदबाट राजीनामा दिएको २४ घण्टा नहुँदै कक्षा १२ को परिक्षा सार्न शिक्षक महासँघ सफल भएको छ ।
शिक्षक महासँघको आन्दोलनले शिक्षा क्षेत्र तहस नहस हुन पुगेको छ भने सरकारले शिक्षक महासँघको आन्दोलनलाई खासै महत्व दिएको पनि देखिन्न । सरकार शिक्षकहरुसँग झुकेको छ भने निजामती कर्मचारीलाई प्रयोग गरेर गर्न लागिएको परीक्षा पनि केन्द्राध्यक्षहरुले राजीनामा दिँदै गएपछि सार्नै बाध्य भएको छ । बैसाख २१ गतेदेखी गर्ने भनिएपनि नयाँ तालीका भने भोलीमात्र सार्बजनिक गर्ने महाश्रमले जानकारी दिएका छन् ।