समाचार

नेपाल प्राध्यापक कर्मचारी संगठन: अध्यक्षमा खतिवडा र महासचिवमा खरेलसहित १५१ सदस्यीय समिति निर्वाचित

१० बैसाख, काठमाण्डो । नेपाल विश्वविद्यालय प्राध्यापक कर्मचारी संगठनको सहमतिमा नेत्रित्व टुँगिएको छ। नेकपा एमाले निकट नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११ औं राष्टि्य सम्मेलनबाट अध्यक्ष पदमा सह प्रा. डा. पद्मप्रसाद खतिवडा र महासचिव पदमा सह प्रा. डा. सुमन खरेल सहित १५१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएका हुन् ।

पदाधिकारीको अध्यक्षमा पद्म प्रसाद खतिवडा, वरिष्ठ उपाघ्यक्षमा मनोज विष्ट, उपाध्यक्षमा तेज बिक्रम बस्नेत, नरेन्द्र कोइराला, भरत राई, रामजी पोखरेल उपाध्यक्षः बलराम रायमाझी, तिलक भुसाल, नरेन्द्र सिवाकोटी, माया घिमिरे (महिला) रहेका छन् ।

यसैगरी महासचिवमा सुमन खरेल, उप-महासचिवमा नन्दीकिशोर नेपाल, दिनेश पन्थी, डा देवराज आर्याल विजय भएका छन् । यसैगरी सचिवमा कोशी- होम बहादुर बस्नेत, सचिव- मधेश किशोर साह, सचिव- बागमति छवी बराल, सचिव- गण्डकी, श्रीकान्त खतिवडा, सचिव- लुम्बिनी, भुवनेश्वर लामिछाने, सचिव- कर्णाली, विष्णु कुमार खड्का, सचिव- सुदूरपश्चिम, कृष्ण सिंह साउद व कोषाध्यक्षः कृष्ण ओझा सह-कोषाध्यक्षः चन्द्र बदना राई लेखा आयोग अध्यक्षः बिदुर नेपाल सचिवः केपी अर्याल अनुशासन आयोग अध्यक्षः बाबुराम चापागाईँ सचिवः मिन प्रसाद अधिकारी