१० वैशाख, काठमाडौं। भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुुख विनोद शर्माका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनीट्रक आज बिहान दुर्घटना हुँदा बझाङको बुङ्गल नगरपालिका–२ दहबगरका अर्जुन धामीसहित तीन जनाको मृत्युु भएको हो ।
मृत्यु हुनेमा उज्वल जाग्री र जगत धामी छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुडर, डोटीले जनाएको छ ।