समाचार

संसद् अधिवेशन सुरु हुनै लाग्दा सभामुखले थाले प्रमुख सचेतकहरूसँग छलफल

१० वैशाख, काठमाडौँ । संसद्को बर्खे अधिवेशन वैशाख १२ गतेदेखि सुरु हुनै लाग्दा सभामुख देवराज घिमिरेले छलफल सुरु गरेका छन्। उनले आज प्रमुख सचेतकहरू छलफल गर्न लागेका हुन्। 

सभामुखले संसद्को वर्षे अधिवेशनका विषयमा राजनीतिक दलका प्रमुख सचेतकहरूसँग आज बिहान ११ बजे छलफल हुन लागेका हुन्। अब नेपाल सरकारको बजेट प्रस्तुत गर्ने अधिवेशन भएका  संसद्लाई  ई व्यवस्थित गरेर लैजानु पर्ने सभामुख घिमिरेको प्रमुख दायित्व रहने छ। 

अब बस्ने बैठकमा नीति तथा कार्यक्रमको बारे छलफल भएपछि बजेट प्रस्तुत हुने भएकाले सुरु देखिने बैठकलाई व्यवस्थित बनाएर लैजान सभामुखले अग्रसरता देखाएका हुन्। 

साथै सरकारले आन्दोलनरत शिक्षकहरूको माग विद्यालय शिक्षा विधेयक पनि सम्बोधन गर्नु पर्ने जिम्मेवारी संसद्ले लिएको छ।