समाचार

लामो रस्साकस्सीकाबिच संसदीय समितिबाट सङ्घीय निजामती विधेयक पास गर्ने तयारी 

१० वैशाख, काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आज बस्ने बैठकबाट सङ्घीय निजामती सेवा विधेयक  पास गर्ने तयारी रहेको छ। निकै लामो छलफल पछि समिति उक्त निष्कर्षमा पुगेको बुझिएको हो।  

समितिमा भएको छलफलले  ट्रेड युनियनको विषयमा रहेको विवाद पनि समाधान गरेको भनिएको छ । ट्रेड युनियनको अधिकार कर्मचारीले निरन्तर पाउने गरी कानुन बनाउने सहमति भएको बैठकमा सहभागी नेताहरूले बताएका छन् । 

विधेयक पास भएमा  स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत प्रदेश अन्तर्गतको  निजामती सेवाको हुने छ। तर, सङ्घले कर्मचारी खटाउने कानुन बनाइने भएको हो।  आजको बैठकले बाकी सहमति गर्दै कानुन बनाउने प्रक्रियामा संसद्मा पेस गर्ने छ।