१० वैशाख, काठमाडौं । निजामती विधेयक पारित प्रक्रियामा रहेका बेला कांग्रेस महामन्त्री गगन थापाले आन्दोलन स्थगन गर्न कर्मचारी ट्रेड युनियनलाई आग्रह गरेका छन् ।
बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै थापाले विधेयक अघि बढ्ने चरणमा आन्दोलनले अवरोध पुर्याउने भन्दै संयमता अपनाउन आग्रह गरे। ‘आज विधेयक पासको तयारी थियो, प्रतिवेदन अध्ययन गर्न निर्णय भएको छ, प्रक्रिया सहज छ,’ उनले भने।
उनले कर्मचारी ट्रेड युनियनलाई सकारात्मक भूमिका खेल्न र विधेयक निष्कर्षमा पुगुन्जेल आन्दोलन रोकिनुपर्नेमा जोड दिए।