१० बैशाख, काठमाडौँ । निजामती सेवा विधेयकमाथि संसदीय छलफल सकिएसँगै अब शीर्ष नेताहरूको तहमा सहमति जुटाउने तयारी गरिएको छ।
राज्य, व्यवस्था तथा सुशासन समितिमा बुधबार छलफल टुंगिएको भए पनि केही जटिल विषय टुंगो नलागेपछि प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल हुने भएको हो।
समितिले विधेयक पास गर्ने तयारी गरे पनि प्रमुख नेताहरूको अनुपस्थितिका कारण निर्णय स्थगित गरिएको हो।