समाचार

सभामुख र प्रमुख सचेतकहरूको बैठक: नीति तथा कार्यक्रम वैशाख १९ गते,शनिवार बाहेक सबै दिन संसद् बैठक चल्ने 

१० वैशाख, काठमाडौँ । सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरूको छलफलले सरकारको नीति तथा कार्यक्रम ल्याउने  मिति तोकेको छ। आज सभामुखसँगको छलफलले संसद बैठकको क्यालेन्डर तय गर्दै आगामी वैशाख १९ गते नीति तथा कार्यक्रम ल्याउन क्यालेन्डर तय गरेको हो। 

आजको बैठकमा सभामुख घिमिरेले शनिवार बाहेक सबै दिन संसद्को बैठक सञ्चालन गर्न प्रस्ताव राखेका छन्। यही अधिवेशनमा शिक्षा विधेयकको पनि छलफल गरी पारित गर्नु पर्ने चाप रहेका कारण पनि यस्तो प्रस्ताव आएको बताइएको छ । 

आज भएका छलफलका विषयको निर्णय पर्सि १२ गते बस्ने कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले टुंगो लगाउने छ।