समाचार

तीनकुने प्रकरण: भाटभटेनीमा स्याउ सुन्तला टिप्ने थप १३ जना छुटे, ६४ जना अझै हिरासतमा 

१० वैशाख, काठमाडौँ । गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न भनी पक्राउ गरेका थप १३ जनालाई हाजिरी जमानीमा हिरासत मुक्त गरेको छ। जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँको हिरासतमा रहेका उनीहरूलाई अदालतमा उपस्थित हुने गरी छाडिएको हो। 

प्रहरीले उक्त केसमा ८५ जनालाई पक्राउ गरेको थियो भने  अब ६४ जना हिरासतमा रहेका छन्। 

यस अघि पनि प्रहरीले ८ जनालाई हाजिरी जमानीमा छाडेको थियो भने अहिलेसम्म हिरासत मुक्त हुनेको सङ्ख्या २१ पुगेको छ। उनीहरू सबै भाटभटेनीमा स्याउ सुन्तला टिप्ने रहेको जनाइएको छ।