१० वैशाख, काठमाडौँ। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले शिक्षा विधेयक संसद्को बजेट अधिवेशनबाट पारित हुने बताएका छन्। उनले शिक्षकहरूमा शिक्षाप्रतिको जबाफदेहिता भएकाले आन्दोलन फिर्ता लिएर शैक्षिक गतिविधिमा जोडिन आन्दोलनरत शिक्षकहरूलाई आग्रह गरेका हुन्।
आज बुधवार सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतकहरूको छलफलपछि सञ्चारकर्मीसँग कुरागर्दै उनले यस्तो बताएका हुन्। प्रमुख सचेतक बर्तौलाले शिक्षकहरूलाई विश्वस्त पार्ने काम भइरहेको बताए। यस विषयलाई शिक्षकहरूले सकारात्मक हिसाबले लिनेमा उनको विश्वास थियो।
उपसमितिमा पनि शिक्षा विधेयकबारे छलफल भइरहेको उनको भनाइ छ। शिक्षकमा माग पुरा गर्नको लागी नियमित कार्यसूचीका कार्यक्रमलाई रोकेर भए पनि शिक्षा विधेयक पारित गर्ने सरकारको तयारी रहेको प्रमुख सचेतक बर्तौलाले जानकारी दिए।
छलफलमा रहेको शिक्षा विधेयक समितिहुँदै संसद्मा आउन वैशाखको अन्तिम सातासम्म लाग्ने भएकाले तत्काल आन्दोलन छोडेर विद्यालय फर्कन शिक्षकहरूलाई आग्रह गरेका हुन्।