१० वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका छन्।
तामाङले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको निर्णयप्रति असन्तुष्टि जनाउँदै सार्वजनिक रूपमा आलोचना गरेका थिए।
सरकारमै बसेर विपक्षी आवाज उठाएको भन्दै ओली तामाङप्रति असन्तुष्ट बनेका थिए र बुधबार उनलाई पदमुक्त गरिएको हो।