१० वैशाख, काठमाडौँ । निजी मेडिकल कलेजमा कार्यरत चिकित्सकहरूका विषयमा चासो राख्दै नेपाल चिकित्सक संघले देशभरका चिकित्सकहरूलाई आन्दोलनमा उत्रन आह्वान गरेको छ। संघको विस्तारित कार्यसमिति र आवासीय चिकित्सकहरूसँगको छलफलपछि मंगलबार यस्तो निर्णय लिइएको हो।
संघले एक विज्ञप्ति जारी गर्दै बुधबार बिहान १० बजेदेखि १२ बजेसम्म देशका जिल्लास्तरीय चिकित्सकहरूलाई जिल्ला प्रशासन कार्यालय घेराउ गर्न र काठमाडौं उपत्यकाभित्रका चिकित्सकलाई माइतीघरमा भेला भई स्वास्थ्य मन्त्रालय घेराउ गर्न आग्रह गरेको छ।
संघका कार्यकारी सदस्य डा। तेत्छु मल्लले पत्रकार सम्मेलनमा भने, ूनिजी मेडिकल कलेजमा कार्यरत चिकित्सकहरूको मागलाई सम्बोधन नगरेसम्म आन्दोलन जारी रहनेछ। आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने तयारी छ।ू