१० वैशाख, काठमाडौँ । तीनकुनेमा भएको राजावादी प्रदर्शनमा संलग्न रहेर पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र, आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं लगायतका व्यक्तिहरूको थुनाम्याद तीन दिनका लागि थपिएको छ।
काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि थप समय आवश्यक ठहर गर्दै उनीहरूलाई हिरासतमा राख्न अनुमति दिएको हो।
यसअघि २९ चैतमा मिश्रसहितका केही अभियुक्तहरूको १२ दिनको म्याद थपिएको थियो भने, सोही घटनामा पक्राउ परेका अन्य २० जनाको म्याद २६ चैतमा १५ दिनका लागि थप गरिएको थियो। प्रसाईंको म्याद पनि मिलान गर्न १२ दिनका लागि थप गरिएको थियो।