समाचार

बन्द हुँदै ‘एमसीसी’ परियोजना, ‘डज’ले दियो सबै कर्मचारीलाई इमेलमार्फत जानकारी 

११ वैशाख, काठमाडौं । अमेरिकाले ट्रम्प प्रशासनको खर्च कटौती नीति अन्तर्गत मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना बन्द गर्ने निर्णय गरेको छ। उक्त परियोजना बन्द भएमा नेपालमा सञ्चालित परियोजनाका थुप्रै काम पनि प्रभावित बन्ने भएका छन्। 

एलन मस्क नेतृत्वको अमेरिकी सरकारी दक्षता विभाग (डज)ले केही महिनाभित्र बन्द गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

एमसीसी परियोजना अन्तर्गत  सडक र हाइड्रोपावर लगायतका पूर्वाधार नेपालमा पनि सञ्चालन हुँदै आएका छन्।  अमेरिकी सरकारको डज विभागले  इमेल मार्फत आफ्ना सबै कर्मचारीहरूलाई  एमसीसी अनुदान सहयोग बन्द हुने जानकारी गराएको हो। उक्त कुरा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले प्रसारण गरेका हुन्।